२७ कात्तिक , झापा – नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले राप्रपासँग भएको चुनावी गठबन्धन आफूलाई ठीक नलागेको बताउनुभएको छ । पटक–पटक पार्टीको बैठकमा यस विषयमा कुरा उठाए पनि सुनुवाई नभएकाले आफूले झापा क्षेत्र नम्बर ३ बाट चुनाव लडेको उहाँले बताउनुभयो ।
सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता सिटौलाले लोकतान्त्रिक वा वाम गठबन्धन जे भए पनि २०४६ र ०६२/०६३ को जनआन्दोलन जनताले कहिल्यै नभुल्ने बताउनुभयो ।
राप्रपाले अहिलेसम्म गणतन्त्र स्वीकार नगरिरहेको अवस्थामा क्षेत्र नम्बर ३ मा भएको वाम गठबन्धनमा राप्रपा सामेल भएको आफूलाई अचम्म लागेको सिटौलाले टिप्पणी गर्नुभयो ।
रासस