२७ कात्तिक , डोल्पा – आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा जिल्लामा चुनावी गतिविधि बढ्दै गएको छ ।
आ–आफ्नो पक्षमा मत माग्दै उम्मेदवारहरु ठाउँ–ठाँउमा कोणसभा, आमसभा, ¥याली र घरदैलो कार्यक्रम गरिरहेका छन् ।
जिल्लामा दिन प्रतिदिन चिसो बढ्दै गएको छ । दैनिकी जाडोका कारण कष्टकर बन्दै गएको छ । चिसोको प्रवाह नगरी कार्यकर्तासहित उम्मेदवार मत माग्न घरदैलो गरिरहेका छन् ।
जाडोको प्रवाह नगरी उम्मेदवार उपल्लो डोल्पाको धो, तिन्जे, भिजेर, छार्कालगायत बस्तीमा घरदैलो गरिरहेका छन् । आ–आफ्नो जित सुनिश्चित गर्न उनीहरुले अभियान तीव्र पारेका छन् ।
जिल्लामा प्रतिनिधिसभाका लागि वाम गठबन्धनबाट धनबहादुर बुढा र काँग्रेसबाट अंगत बुढा उम्मेदवार छन् । प्रदेशसभा ‘क’ मा वाम गठबन्धनबाट एमालेका नन्दसिहं बुढा र काँग्रेसका बेगमसिहं ठकुरी उम्मेदवार बनेका छन् । प्रदेशसभा ‘ख’ मा वाम गठबन्धनबाट माओवादी केन्द्रका वीरबहादुर शाही र काँग्रेसबाट सुरेश शाही उम्मेदवार रहेका छन् ।
रासस