३० कात्तिक , काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ७४ पैसा र विक्रिदर २७ रुपैयाँ ९० पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ५८ पैसा र विक्रिदर २८ रुपैयाँ ७४ पैसा छ । युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ ३३ पैसा र विक्रिदर २८ रुपैयाँ ४९ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ ९२ पैसा र विक्रिदर २५ रुपैयाँ ०७ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ४३ पैसा र विक्रिदर ९ रुपैयाँ ४८ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ४४ रुपैयाँ २९ पैसा छ भने विक्रिदर ३ सय ४६ रुपैयाँ २७ पैसा रहेको छ ।
त्यस्तै एक बहराइन दिनारको खरिददर २ सय ७५ रुपैयाँ ८० पैसा र विक्रिदर २ सय ७७ रुपैयाँ ३९ पैसा रहेको छ । अमेरिकी डलर एकको खरिददर १ सय ४ रुपैयाँ ०४ पैसा र विक्रिदर १ सय ४ रुपैयाँ ६४ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।