३० कात्तिक , काठमाडौँ – म्यानपावर कम्पनीसँग घूस लिएको अभियोगमा वैदेशिक रोजगनर विभागका महानिर्देशक विश्वराज पाण्डे पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाण्डेलाई पक्राउ गरेको छन् ।
भाग्ने तयारी
उनी मंसिर ६ गते अवकाश लिने तयारीमा थिए । अवकाशलगत्तै देश छाड्ने तयारीमा रहेको सूचना अख्तियारले पाएको थियो ।
पाण्डेका छोरीहरु अस्ट्रेलियामै रहेको र अवकास लगत्तै उनी अस्ट्रेलिया जाने तयारी गरेको अख्तियारका एक अधिकारीले बताए ।
यो खबर आजको नेपाल समाचारपत्रमा छ ।