नन्दु यादव ।
जेठ १९ बेलाटारी राष्ट्रिय जनता पार्टीकाे भातृ सगठन राजपा बिद्यार्थी काे नेता युवराज माैर्याले सरकार ले मधेशकाे माग समयमा पूरा नगरे मधेश र नेपाल बिचकाे सम्बन्ध टुटन सक्ने सन्चारकर्मि समक्ष बताउनु भएकाे छ । अाज बेलाटारी मा सन्चारकर्मिहरु सग कुराकानि गर्दै माैर्याले लामाे समय देखि मधेशिहरु माग गरेका कुरा हरु पूरा नभए देशले ठुलाे दुर्घटना भाेग्ने जिकिर गर्नु भयाे ।नेपाल र मधेश बिच रहेकाे चिस्दै गईरहेकाेले अबकाेअान्दाेलन राष्ट्र ब्यापि गराई मधेशकाे माग पूरा गराएर छाडने बताउनुु भएकाे छ ।मधेश लगभग २ बर्ष देखि जलिरहेकाे हुदा अब काे अान्दाेलन परिणाममुखि हुने बताउनु भयाे।नेपाली बर्गकाे दबाब सहदै अाएकाे मधेश नेपालीहरुकाे उपनिबेशबाट छुटकारा पाउने जिकिर गर्नु भयाे।बिगत लामाे समय देखि पहाडिया शासक गर्दै अाएकाे मधेशि जनता माथि भेदभावबाट अब छुटकारा पाउने बताउनु भयाे ।सरकार ले मधेशि जनताहरुलाई पेलेर मधेशमा कहिले पनि चुनाव गराउन नसकिने बताउनु भयाे।सरकारले जबरजस्ती सेना लगायर निर्वाचन गराउन खाेजे मधेशि जनता पनि ईटकाे जबाब पत्थरले दिने भन्नू भयाे । २ बर्ष देखि मधेशी जनता अान्दाेलित छन ।संविधान सन्साेधन गरिनु पर्ने,जनसख्याकाे अाधारमा स्थानिय निकायकाे सख्या थपिनु पर्ने ,मधेशिमाथि लगाईएकाे झुठा मुद्दा फिर्ता गरिनु पर्ने लगायतका माग राख्दै राजपा अाईरहेकाे छ।सरकार सग सहमति हुदा पनि कार्यनयन हुन नसकेकाे गुनासाे गर्नु भयाे।जब सम्म मधेशकाे माग पूरा हुँदैन तब सम्म मधेशमा कुनैपनि निर्वाचन हुन नसक्ने बताउनु भयाे।