०१ मंसिर , काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ७९ पैसा र विक्रिदर २७ रुपैयाँ ९५ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २७ रुपैयाँ ०७ पैसा र विक्रिदर २७ रुपैयाँ २३ पैसा छ । युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ ३७ पैसा र विक्रिदर २८ रुपैयाँ ५४ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ ९५ पैसा र विक्रिदर २५ रुपैयाँ १० पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५० पैसा र विक्रिदर ९ रुपैयाँ ५६ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ४४ रुपैयाँ ९३ पैसा छ भने विक्रिदर ३ सय ४६ रुपैयाँ ९१ पैसा रहेको छ ।
त्यस्तै एक बहराइन दिनारको खरिददर २ सय ७६ रुपैयाँ ३४ पैसा र विक्रिदर २ सय ७७ रुपैयाँ ९३ पैसा रहेको छ । अमेरिकी डलर एकको खरिददर १ सय ४ रुपैयाँ २२ पैसा र विक्रिदर १ सय ४ रुपैयाँ ८२ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।