०१ मंसिर , बैतडी – रूखबाट लडेर विहिबार बैतडीमा एक वृद्धाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दुर्गम सिगास गाउँपालिका–१ की ६५ वर्षीया कलावती महराको मृत्यु भएको हो ।
बिहान ८ बजे घरनजिकै रहेको बाँजको रूखमा घाँस, स्याउला काट्न भनी गएकी कलावती एक्कासि लडेर गम्भीर घाइते भएकी थिइन् ।
घाइते कलावतीलाई उपचारका लागि डडेल्धुरातर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए ।
रासस