०३ मंसिर , बीरगञ्ज – शाह गु्रप अफ इन्डष्ट्रिजले बैंककबाट आयात गरेको प्लास्टिक इभा (दाना) कोलकाता बन्दरगाह हँुदै बीरगञ्जस्थित सिर्सिया सुक्खा बन्दरगाह ल्याउन खोज्यो । त्यसका लागि उसले सिपिङ कम्पनीलाई १ हजार ३ सय डलर कन्टेनर भाडा तिर्यो ।
पानीजहाजबाट ल्याइएको सामान बन्दरगाहमा अनलोड गर्नै केही दिन लाग्यो । एजेन्टले भन्सार क्लियरेन्स गर्दा थप केही दिन बित्यो । नेपाल ढुवानी गर्न रेलको र्याक नपाएर एक महिनाभन्दा बढ्ता थन्क्याउनु पर्यो । राखिएको डेमरेज (बिलम्ब शुल्क) मात्र थप १ हजार ३ सय डलर (करिब १ लाख ३५ हजार रुपैयाँ) तिर्नु पर्यो ।
‘तेस्रो मुलुकबाट सामान ल्याउँदा बिलम्ब शुल्क तिर्नु नपरेका घटनै हुँदैनन्’, शाह ग्रुपअन्तर्गत प्रेस्टिज फुटवेरका सञ्चालक हरि गौतमले अनुभव सुनाए, ‘पुरानो र साँघुरो बन्दरगाह, भारतमा सरकारी प्रक्रियामा हुने अल्झन, कम रेल, तिनले नेपाली सामानलाई दिने न्यून प्राथमिकता, झन्झटै दिएर आर्जन गर्ने गौंडाहरुजस्ता कारण आयात अनावश्यक खर्चिलो बनेको छ । त्यसको भार अन्तत: नेपाली उपभोक्तामा गएर जोडिन्छ ।
यो खबर आजको कान्तिपुरमा छ ।