सोनकलि थारु
जेष्ठ २१।
सुनवल नवलपरासी
नेपाल पत्रकार महासंघ नवलपरासीको आयोजना , जिल्ला समन्वय समिति नवलपरासीको सहयोगमा आज बाहुक्षेत्रिय पोषण सम्बन्धि माहिला पत्रकारहरुका लागि अनुशिक्षण कार्यक्रम नेपाल पत्रकार महासंघ नवलपरासीको हलमा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ नवलपरासीको अध्यक्ष होमराज रानाभाटको अध्यक्षता, जिल्ला समन्वय समिति नवलपरासीको सामाजिक शाखा अधिकृत मोहन ज्ञवालीको प्रमुख अतित्थ्यता, नेपाल पत्रकार महासंघका पुर्ब अध्यक्ष केशब पराजुलि,पुर्ब अध्यक्ष टिकाराम गैरे ,उपसभापति हरि शार्मा, जिल्ला समन्वय समितिका सहजकर्ता सुदिप देवकोटा,क्रियासिल पत्रकार माहिला समुहका उपाध्यक्ष ज्ञानु पंगेनी, अकोराबका केन्द्रिय सदस्य पुरुषोत्तम सुबेदी लगायातको अतित्थ्यता रहेको थियो । नेपाल पत्रकार महासंघका उपसभापति हरि शार्माको स्वागत मन्तब्य रहेको कार्यक्रमको संचालन सचिव राजकुमार रेश्मिले गर्नुभएको थियो ।कार्यक्रममा केशब पराजुलि,टिकाराम गैरे,मोहन ज्ञवाली,होमराज रानाभाट लगायातले पोषण्मको बारेमा बोल्नुभएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति नवलपरासिका सहजकर्ता सुदिप देवकोटाले पोषणका सा्रेत ,सन्तुलित अहार ,पोषकतत्वले गर्ने काम, पोषकतत्वको कामिले हुने असर,सुनौलो हजार दिन लयागातको बारेका प्रशिक्षण दिनुभएको थियो ।यसैगरी जिल्ला समन्वय समिति नवलपरासीको सामाजिक कार्यक्रम शाखा अधिकृत मोहन ज्ञवालीले मानिसलाइ स्वास्थ्यकर जिवन जिउनमा कृषि कार्यालय,पशुकार्यालय, स्वास्थ्य कार्यालय,खानेपानी तथा सरसफाइ कार्यालय, माहिला तथा बकलबालिका कार्यालय ,बिद्यालय, संचार क्षेत्रले गर्ने काम र भुमिकाको बारेमा प्रस्त पार्नुभएको थियो ।कार्यक्रममा नवलपरासीका बिभिन्न संचारमाध्यममा कार्यरत माहिला पत्रकारहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ नवलपरासीको अध्यक्ष होमराज रानाभाटले जिल्ला समन्वय समिति नवलपरासीको सामाजिक कार्यक्रम शाखा अधिकृत मोहन ज्ञवालीलाइ मायाको चिनो प्रदान गर्नुभएको थियो ।