०३ मंसिर , काठमाडौ – पुत्र वियोगमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघारमा रहेको प्रदेश र प्रतिनिधि सभा निर्वाचनका कुनैपनि कार्यक्रम नरोक्न पार्टी पक्तिलाई निर्देश गरेका छन् ।
पार्टी कार्यलय कोटेश्वरमा आइतबार केही शीर्ष नेतासँगको छलफलमा अध्यक्ष प्रचण्डले यस्तो आग्रह गरेका हुन् ।
माओवादी प्रवक्ता पम्फा भुषालले पार्टी अध्यक्ष प्रचण्डका पुत्र प्रकाशको निधनले परिवार र देश शोकमा रहेपनि चुनावी कार्यक्रम नरोक्न आग्रह गरेको बताइन् ।
रासस