०६ मंसिर , काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ६० पैसा र विक्रिदर २७ रुपैयाँ ७६ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ४३ पैसा र विक्रिदर २८ रुपैयाँ ६० पैसा छ । युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ १९ पैसा र विक्रिदर २८ रुपैयाँ ३५ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २५ रुपैयाँ ०१ पैसा र विक्रिदर २५ रुपैयाँ १५ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५१ पैसा र विक्रिदर ९ रुपैयाँ ५७ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ४२ रुपैयाँ ५७ पैसा छ भने विक्रिदर ३ सय ४४ रुपैयाँ ५५ पैसा रहेको छ ।
त्यस्तै एक बहराइन दिनारको खरिददर २ सय ७४ रुपैयाँ ६४ पैसा र विक्रिदर २ सय ७६ रुपैयाँ २३ पैसा रहेको छ । अमेरिकी डलर एकको खरिददर १ सय ३ रुपैयाँ ५२ पैसा र विक्रिदर १ सय ४ रुपैयाँ १२ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।