सोनकलि थारु
२२ जेठ सुनवल ।
आज विश्व वातावरण दिवस, “प्रकृतिसँग हाम्रो सम्बन्धः रहिरहोस् अनन्त”भन्ने नाराका साथ नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाईंएको छ । संयुक्त राष्ट्रसंघको आव्हानमा हरेक वर्षको जुन पाँचलाई विश्व वातावरण दिवसका रुपमा मनाइदैँ आएको छ ।सन् १९७२ मा संयुक्त राष्ट्र संघले पर्यावरण जोगाउन चेतना अभिवृद्धि गर्ने उद्देश्यले वातावरण दिवस मनाउने निर्णय गरेको थियो । सन् १९७३ जुन ५ देखि देखि औपचारिक रुपमा वातावरण दिवस मनाउन थालिएको हो। दिवसका अवसरमा पर्यावरण क्षेत्रमा काम गर्दै आएका संघ संस्थाले वातावरण कसरी जोगाउन सकिन्छ ,जलवायु परिवर्तनको असर र त्यसबाट बच्ने उपाय, वनजंगल संरक्षणलगायतका विषयमा सरोकारवालाहरुले अन्तरक्रिया, वृक्षरोपण कार्यक्रम गरेक छन ।
यस्तै दिवसको अवसरमा सुनवल नगरपालिकामा सरसफाई कार्यक्रम आयोजना गरिएको छ । सुनवल नगरपालिका मुख्य आयोजक र ईलाका प्रहरी कार्यालय तथा सुनवल जेसिज सहआयोजक भएको उक्त कार्यक्रम सुनवल जेसिजको अध्यक्षता तथा सुनवल नगरपालिकाका कार्यकारी अधिकृत रामलाल श्रेष्ठको प्रमुख अतिथ्यतामा आयोजना गरिएको थियो । कार्यक्रममा ईलाका प्रहरी कार्यालयको तर्फबाट ठूलो संख्यामा म्यादी प्रहरी परिचालन गरिएको थियो भने वडा नागरिक मञ्च, टोल विकास समिति, क्लवहरु लगायत बिभिन्न सरोकारवाला हरुको व्यापक उपस्थिती रहेको थियो ।त्यसैगरी सुनवल नगपालिकामा बिभिन्न ठाउँमा वातावरण दिवसको कार्यक्रम आयोजना गरिएको छ । मिलिजुली आमा समुहको आयोजनामा तुरिया पुल देखि वन कार्यालय सम्म सरसफाई कार्य गरिएको समेत सुनवल नगरापलिकाका वातावरण अधिकृत खेम राज अवस्थीले जाकारी गराउनुभयो ।
त्यसैगरी सबिक रुपौलिया ७ सिबानीमा रहेको राष्टिय माबि सिबनीमा ४० वटा असोकको बिरुवा रोपी बृक्षारोपण गरिएको छ । बिकल्प नवलपरासीको आयोजनामा भएको कमर्यक्रममा बिकल्पका कार्यसमितिका सदस्य बालिराम गुप्ताको अध्यक्षता, यु एम एन कार्यक्रम आफिसर सुरज सुनारको प्रमुख अतित्थ्यता रहेको थियो कार्यक्रममा बिद्यालयका प्रअ मोती प्रसाद चौधरी, बिकल्प आइ एस एल पी कार्यक्रम संयोजक सरोज गौतम,उमेश बिक लगायातले बोल्नुभएको थियो ।