०७ मंसिर , जनकपुर – निर्माणाधिन जयनगर जनकपुर रेलमार्गमा बिछ्याउने रेलका लिक आउन थालेका छन् ।
३५ किलोमिटर लामो उक्त मार्गका लागि आवश्यक फलामे लिक सोमबारदेखि आउन सुरु गरेका हुन् ।उक्त रेलमार्गमा बिछ्याउनका लागि झन्डै ४१ हजार टन रेल लिक ल्याउन लागिएको हो ।
सोमबार झन्डै १० टन लिक आइसकेको रेल विभागका महानिर्देशक अनन्त आचार्यले बताए ।
जयनगरदेखि सुरु भएर जनकपुर हुँदै बर्दिबाससम्म पुग्ने ६९.२ किलोमिटर मध्ये धनुषा कुर्थासम्म ३५ किमि रेलमार्ग लिक बिछ्याउन लागिएको हो । यो मार्ग २०७५ कात्तिकभित्र सक्ने विभागले जनाएको छ ।
यो खबर आजको नागरिक दैनिकमा छ ।