०८ मंसिर , काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ४७ पैसा र विक्रिदर २७ रुपैयाँ ६३ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ३० पैसा र विक्रिदर २८ रुपैयाँ ४७ पैसा छ । युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ ०५ पैसा र विक्रिदर २८ रुपैयाँ २२ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २५ रुपैयाँ ०८ पैसा र विक्रिदर २५ रुपैयाँ २३ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५० पैसा र विक्रिदर ९ रुपैयाँ ५६ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ४१ रुपैयाँ ४० पैसा छ भने विक्रिदर ३ सय ४३ रुपैयाँ ३९ पैसा रहेको छ ।
त्यस्तै एक बहराइन दिनारको खरिददर २ सय ७२ रुपैयाँ ६९ पैसा र विक्रिदर २ सय ७४ रुपैयाँ २८ पैसा रहेको छ । अमेरिकी डलर एकको खरिददर १ सय ३ रुपैयाँ ०४ पैसा र विक्रिदर १ सय ३ रुपैयाँ ६४ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।