रुपन्देही देवदह ९मंसिंर
नेपाली कांग्रेसको विजयलाई कसैले रोक्न नसक्ने नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बताउनु भएको छ् ।
रुपन्देहीको देवदहमा पार्टीद्धारा आयोजित विशाल चुनावी सभालाई सम्बोधन गर्दै उहांले यस पटकको निर्वाचन लोकतन्त्रलाई बचाउने र लोकतन्त्रलाई सिध्याउने दुई फरक धारको निर्वाचन भएकाले लोकतन्त्रलाई जोगाउन कांग्रेसलाई मतदान गर्न आग्रह गर्नुभयो । वामपन्थीे जनतामाथि शासन गर्न खोज्ने पार्टी भएको विचार राख्दै सभापति देउवाले कांग्रेस जनतालाई मालिक बनाउने पार्टी भएको बताउनु भयो ।
प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाले वाम गठबन्धनले मुलुकमा एकदलीय तानाशाही शासन लाद्न खोजेको बताउनु भएको छ् । उहाँले कांग्रेसले विकास र समृद्धिका मात्र मुद्धालाई उठाउदै आएको चित्रण गर्दै बुद्धमावली देवदह क्षेत्रको विकासका लागि सरकारले छिट्टै गुरुयोजना बनाउने जानकारी समेत दिनुभयो । उहाँले महामानव गौतम बुद्धसँग सम्वन्धित देवदह क्षेत्रको विकास लुम्विनी सरहनै गर्ने उल्लेख गर्दै त्यसका लागि देवदह विकास कोष स्थापनाको आवश्यकता रहेको औल्याउनुभयो ।
कार्यक्रममा कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रलाई द्वन्द्वमा फसाउने कम्युनिष्टहरुको गठबन्धन राष्ट्रहितका लागि हुदै नसक्ने टिप्पणि गर्नुभयो । उहाँले कम्युष्टिहरुको गठबन्धन टिक्ने खालको नभई मुलुकलाई अहित गर्नका लागि बनेको जिकिर गर्नुभयो । उहाँले कांग्रेसले मात्र मुलुकलाई समृद्ध बनाउन सक्ने भन्दै समस्या जन्माउने कम्यूनिष्ट र समाधान गर्ने कांग्रेस भएको स्पष्ट पार्नुभयो । उहाँले मुलुकमा कृषिक्रान्ति, पर्यटनको विस्तार र उर्जा शक्तिको विकास गरेर सुकिला किसान बनाउने अवधारणालाई कांग्रेसले अगाडि सारेको बताउनुभयो ।
त्यसै गरि शनिवारै नवलपरासीको सुनवलमा आयोजित चुनावी सभामा प्रधान मन्त्री देउवाले यो चुनावमा जनतासामू तानाशाही कम्युनिष्ट शासन कि लोकतन्त्र रोज्ने विकल्प रहेको दोहोराउनु भएको थियो । कम्युनिष्ट गठबन्धनले विश्ववाटै फ्लप भएको शासन लाद्न खोजेको भन्दै उहाँले डरत्रासको शासन रोज्ने कि जनता मालिक बनाउने लोकतान्त्रिक व्यवस्था अवलम्बन गर्ने बताउनु भयो ।
’ नयाँ संविधानले जनतालाई मालिक बनाएको तर, कम्युनिष्ट गठबन्धनले संविधान खारेज गरेर एकदलीय तानाशाही शासन लाद्न खोजेको उहाँको आरोप थियो । कार्यक्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वाम गठबन्धनले राज्यको विकासलाई रोक्न खोजेको आरोप लगाउनु भयो । नेता पौडेलले देशमा शान्ति र विकास कांगे्रसले मात्र ल्याउने बताउदै २००७ सालदेखि लोकतन्त्रका लागि लड्दै आएको कांगे्रसले गणतान्त्रिक संविधान ल्याएर सबै नेपाली जनताको हकअधिकार सुनिश्चित गरेको बताउनु भयो ।
नेता पौडेलले अहिलेको समयमा वामगबठन्धनले देशमा खैलाबैला मच्चाउने र लोकतन्त्रलाई समाप्त पार्ने खेल गरिरहेको हुदा जनताले मत के मा दिने भनेर बुझ्ने बेला आएको समेत बताउनु भयो ।
कार्यक्रममा नेपाली कागें्रस रुपन्देहीका जिल्ला सभापति एवंम् क्षेत्र नं १ का प्रतिनिधि सभाका उम्मेद्धवार अब्दुल रज्जाकले जनताको हक अधिकारको फैसला नेपाली कांगे्रसले मात्र गर्ने भएकाले आफ्नो अधिकारको उपयोग गर्न नेपाली कांगे्रसलाई जिताउन आवश्यक रहेको बताउनु भयो । त्यसैगरी राप्रपा प्रजातान्त्रिकका क्षेत्र नं १ क का प्रदेश सभा उम्मेद्धवार ताहिर अलिले देशमा बामगठबन्धन काडाको रुपमा उभिएकाले त्यसलाई समाप्त पार्न लोकतान्त्रिक गठबन्धन आवश्यक परेको बताउनु भयो । बामगठबनधनले तानाशाहीको खोल ओढेकाले जनता तानाशाही बन्ने की लोकतान्त्रिक पद्धतिमा जाने बेलैमा होस् पु¥याउन आग्रह समेत उहांले गर्नु भयो ।
सोहीअवसरमा क्षेत्रीय निवार्चन सम्पर्क कार्यालयको समेत उद्घाटन गरिएको थियो । कार्यक्रममा नेपाली कांगे्रस क्षेत्रीय सभापति हिराबहादुर खत्री, नगर सभापति गुनाखर भुर्तेल लगायतले बोल्नु भएको थियो ।