तदनुसार नोभेम्बर २६ तारिख
मेष — आँटेको काममा अरूको मुख ताक्नाले पछि परिनेछ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। आफ्नो प्रतिफल अरूलाई सुम्पनुपर्ने परिस्थिति आउन सक्छ। आम्दानी रोकिनाले योजना स्थगन गर्नुपर्ला।
बृष — राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने सम्भावना छ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ।
मिथुन — फाइदा कमै भए पनि तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। चिताएको काम रोकिए पनि दोहोर्याएर प्रयत्न गर्दा सामान्य लाभ हुनेछ। धर्मकर्म तथा परोपकारी काममा प्रवृत्त भइएला। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ।
कर्कट — समस्याप्रति गम्भीर नबन्दा दु:ख पाइनेछ। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। सामान्य काममा धेरै धन र परिश्रम खर्चनुपर्ला। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला।
सिंह — वादविवादले पुरानो सम्झौता भंग हुने सम्भावना छ। स्वास्थ्यमा केही समस्या आउन सक्छ। बुद्धिको उपयोगले काम सम्पादन हुनेछ। मिहिनेतले आम्दानी बढाउन सकिनेछ। निम्तो प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्न सक्छ।
कन्या — रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। मिहिनेतले राम्रै प्रतिफल दिलाउनेछ। प्रयत्न गर्दा दिगो फाइदा हुने काम हातलागी हुनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ।
तुला — अस्वस्थताले केही कमजोर भएको अनुभूति हुनेछ। तापनि, लगनशीलताले काममा फाइदा दिलाउनेछ। अध्ययन तथा बौद्धिक प्रतिस्पर्धामा पनि लाभ हुनेछ। प्रतिष्ठित कामले फाइदाको स्रोत पहिल्याउन सकिनेछ।
बृश्चिक — परिस्थिति सोचेजस्तो अनुकूल नहुन सक्छ। नजिकका साथीभाइसँग असमझदारी बढ्नेछ भने काम बिग्रने डरले सताइरहनेछ। समयमा सजग नबन्दा शुभचिन्तकहरू टाढिनेछन्। बेसुरमा वचन दिने बानीले अप्ठ्यारोमा पार्नेछ।
धनु — प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। काममा मिहिनेतको फल प्राप्त हुनेछ। साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। रचनात्मक काममा जुट्ने समय छ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ।
मकर — अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ।
कुम्भ – रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।
मिन — भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ। समय दिन नसक्दा बन्न लागेको कामसमेत बिग्रन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ला। तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुने देखिन्छ। समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला।
स्रोत : नेपाली पात्रो