१० मंसिर , काठमाडौँ – आम निर्वाचन पर्यवेक्षण समिति नेपालले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि पहिलो चरणमा भएको निर्वाचन शान्तिपुर्ण रुपमा सम्पन्न भएको जनाएको छ ।
आम निर्वाचन पर्यवेक्षण समितिले आईतबार साँझ मतदानको समय सकिए लगत्तै पत्रकार सम्मेलन गरि छिटफुट घटना बाहेक निर्वाचन शान्ति पुर्णरुपमा सम्पन्न भएको जनाएको हो । दोलखाको जफे, गौरीशंकर, सिन्धुपाल्चोकको सुनकोशी, वलेफी, धादिङको खनियाँबास, बाग्लुङको ढोरपानी, गलकोट लगायत केही स्थानमा मतदान प्रक्रिया असहज बनेपनि अन्य स्थानमा शान्तिपुर्ण सम्पन्न भएको जियोकले जनाएको छ ।
जियोकले केही स्थानमा बाहेक अधिकांश मतदान केन्द्रहरुमा मतदान प्रक्रिया सहज र शान्तिपुर्ण संचालन भएको, मतदाताहरुको मतदानमा उत्साहजनक सहभागिता रहेको तथा महिला पुरुष तथा जेष्ठ नागरिक र अशक्तलाई प्राथमिकता दिईएको पाईएको जनाएको छ ।
प्रतिनिधि र प्रदेशसभा निर्वाचनको पहिलो चरण अन्तर्गत हिमाली तथा उच्च पहाडी भेगका ३२ जिल्लामा आईतबार मतदान भएको हो ।
रासस