११ मंसिर , पथरी, मोरङ – पूर्वअर्थमन्त्री एवं नेपाली काँग्रेस केन्द्रीय सदस्य महेश आचार्यले मुुलुुकको आर्थिक समृद्धि तथा लोकतन्त्र दिगो बनाउन नेपाली काँग्रेसको नेतृत्व आवश्यक रहेको बताउनुुभएको छ ।
मोरङ क्षेत्र नं ४ का प्रतिनिधिसभाका उम्मेदवारसमेत रहनुभएका आचार्यले मोरङको कटहरी गाउँपालिकामा नेपाल टे«ड युनियन काँग्रेसले आइतबार साँझ आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै काँग्रेसको नेतृत्वमा संविधान बनेकाले संविधानको सफल कार्यान्वयनका लागि काँग्रेसको नेतृत्व आवश्यक रहेको छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “एकअर्कामा आरोपप्रत्यारोपभन्दा पनि मुुलुुकको विकासको एजेन्डामा छलफल र बहस गर्नुुपर्छ ।” दक्षिणतर्फ फर्केर गाली गर्दैमा राष्ट्रियता बलियो नहुुने भन्दै नेता आचार्यले राष्ट्रियता बलियो बनाउन सबैजात जाति समुुदायको भावनालाई आत्मसात् गर्न सक्नुुपर्ने मा जोड दिनुभयो ।
उहाँले विसं २००७ को प्रजातन्त्र स्थापनादेखि विसं २०६२ को आन्दोलनसम्म काँग्रेसले अगुवाइ गरेकाले लोकतन्त्र र प्रजतान्त्रप्रति काँग्रेसलाई सबैभन्दा बढी माया रहेको बताउनुुभयो ।
कार्यक्रममा क्षेत्र नं ४ (ख) का प्रदेससभा उम्मेदवार विश्वनाथ रिजालले विराटनगरलाई प्रदेशको राजधानी बनाउने काँग्रेसको मुुख्य एजेन्डा रहेको बताउनुुभयो ।
रासस