१२ मंसिर , काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ४४ पैसा र विक्रिदर २७ रुपैयाँ ६० पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ २६ पैसा र विक्रिदर २८ रुपैयाँ ४३ पैसा छ । युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ ०२ पैसा र विक्रिदर २८ रुपैयाँ १८ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २५ रुपैयाँ ०१ पैसा र विक्रिदर २५ रुपैयाँ १६ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ४६ पैसा र विक्रिदर ९ रुपैयाँ ५२ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ४१ रुपैयाँ २६ पैसा छ भने विक्रिदर ३ सय ४३ रुपैयाँ २५ पैसा रहेको छ ।
त्यस्तै एक बहराइन दिनारको खरिददर २ सय ७२ रुपैयाँ ५० पैसा र विक्रिदर २ सय ७४ रुपैयाँ ०८ पैसा रहेको छ । अमेरिकी डलर एकको खरिददर १ सय ३ रुपैयाँ ९१ पैसा र विक्रिदर १ सय ३ रुपैयाँ ५१ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।