१२ मंसिर , काठमाडौँ – दुई बर्षअघि पुंस महिनाको पहिलो साता व्यवस्थापिका संसद्को वातावरण समितिले बैज्ञानिक व व्यवस्थापनमा रोक लगायो ।
उमेर पुगिसके का बुढा रुख काट्नसमेत प्रतिबन्ध लाग्यो ।
यसको कारणमा यसरी काटिएका रुख बेचविखनमा मदमासी हुन्छ भन्ने समितिका सदस्यको दावी थियो ।
समितिको यो निर्णयबाट वनविज्ञ बढेपछि समितिले आफ्नो निर्णय फिर्ता लियो ।
त्यति बेला समितिका सदस्यले व्यक्त गरेको चासोलाई नवलपुरासीका जिल्ला बन अधिकृत विजयराज सुवेदीले अहिले सम्बोधन गरेका छन् ।
उनले बैज्ञानिक वन व्यस्थापनलाई पारदर्शी बनाउनउ बनजंगलका रुख र तीबाट निस्कने काठ व्यवस्थित गर्न एक किसिमको सफ्टवेयर विकास गरेका छन् ।
उनले वन व्यवस्थापनका क्रममा काट्नुपर्ने रुखको विवरण मोवाईलमा भएका सफ्टवेरमा राखेका छन् । मोवाईलमा राख्नेवितिकै ती रुखहरु काटिँदैछन् भन्ने जानकारी प्राप्त हुन्छ ।
यो खबर आजको नागरिक दैनिकमा छ ।