माडीकाे बालिका बलात्कार प्रकरणबारे…
भरतपुर २४ आज माडीका ति अबोध बालिकाको सत्यतथ्य पत्ता लगाउन र दोषी उपर कडा सजायको माग गर्दै माडीका अगुवा महिला सहित भरतपुर जिल्ला प्रहरी कार्यालय अगाडी बाट दबाब मुलक ्याली जिल्ला प्रशाशन कार्यालय जादै । अपराधीलाई फाँसीको सजाय हुनु पर्ने ्यालीमा सहभागीको माग रहेको छ । घटना घटेको आज पाँचौ दिन सम्म पनी पोष्टमाटर्म रिर्पोट सार्वजनिक नगरीनु र दोषीहरुको किटान हुन नसक्नु चितवन प्रहरीको कमीकमजोरी भएको सबैको आवाज आइरहेको छ । चितवन प्रहरी यस घटनामा मौन बसेको ्यालीमा सहभागी महिलाहरुको आरोप छ । पिकनिक गएका बर्ष ११ का दीपशिला र बर्ष ९ का दीपिकाको ज्यान गएको चार दिन पुरा भइसक्दा पनि चितवन प्रहरीले अपराधी सार्वजनिक गर्न सकिरहेको छैन । प्रहरी प्रशासनले बालिकाहरुको पोष्टमार्टम रिपोर्ट सार्वजनिक गर्न नचाहनुका साथै पोखरीका किरा, माछा र झारलाई दोषी देखाईरहेको छ । पोेष्टमार्टमले कन्या अंगमा क्षती पुगेको (वा जबर्जस्ती करणी भएकाे) भनिरहँदा प्रहरी किन किरा र माछाको पछि लागिरहेकाे ?
#रेडियो नारायणी चितवन