१४ मंसिर , भक्तपुर – आफूले चलाएको कार दुर्घटना हुँदा भक्तपुरमा गएराति एक जनाको मृत्यु भएको छ ।
सूर्यविनायक नगरपालिका–८ नैचालबाट आशापुरी हुँदै डोलेश्वरतर्फ जाँदै गरेको बा ८ च २४३१ नम्बरको मारुती कार सडकबाट करिब ५०० मिटर तल खोल्छामा खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा कारका चालक सूर्यविनायक–९ नलिन्चोक घर भई हाल काभ्रे जनगाल बस्ने ४० वर्षीय जीतेन्द्र खत्रीको घटनास्थलमै मृत्यु भएको प्रहरी वृत्त जगातीले जानकारी दिएको छ ।
शव परीक्षणका लागि भक्तपुर अस्पताल पठाइएको प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।
रासस