१८ मंसिर , भक्तपुर – भक्तपुर क्षेत्र नं २ मा लोकतान्त्रिक गठबन्धनका उमेदवार दमननाथ ढुंगानालाई कानून व्यवसायीले आसन्न निर्वाचनमा विजयी गराउन आग्रह गरेका छन् । रफत् सञ्चार क्लबमा आयोजित पत्रकार भेटघाटमा उनीहरुले कानूनका विज्ञ र नेपालको शान्ति रुपान्तरणका एक अथक योद्धाका साथै संविधानका जानकार, मानवअधिकारका विषयमा पोख्त ढुंगानाका पक्षमा आफूहरुले खुलेर मत मत मागेको बताए । उनीहरुले नेपालको राजनीतिक अस्थिरताको अन्त्यका लागि समेत उनले जित्नुपर्नेमा जोड दिए ।
लोकतन्त्रको रक्तसञ्चार भनेको निर्वाचन भएकाले इमान्दार, लगनशील र कानूनमा दख्खल राख्ने निर्वाचनमा ढुंगानालाई भक्तपुर क्षेत्र नं २ का मतदाताले विजय गराउनेमा जोड दिए ।
पूर्व महान्याधिवक्ता महादेव यादव, वरिष्ठ अधिवक्ता हरिहर दाहाल, नेपाल बारका पूर्व महासचिव सुनिल पोखरेल र वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेलगायतका वक्ताले वर्तमान परिस्थितिमा कानून व्यवसायी प्रतिनिधिसभामा निर्वाचित हुनु अनिर्वाय भएकामा जोड दिँदै संविधानको प्रभावकारी कार्यान्वयनमा उनीहरुको भूमिका महत्वपूण रहेनमा जोड दिए ।
भक्तपुरलगायत अन्य जिल्लामा पनि कानून व्यवसायी निर्वाचनको प्रतिस्पर्धामा रहेको हुँदा मतदाताले संविधानको सफल कार्यान्वयनका लागि उनीहरुलाई समेत विजयी गराउन आग्रह गरे ।
रासस