१८ मंसिर , काठमाडौं – पाँंच दिनेदेखि जारी नेपाल ‘चेम्बर एक्स्पो २०७४’ आज सम्पन्न भएको छ । एक्स्पोमा रु पाँंच करोडभन्दा बढीको कारोबार भएको छ । नेपाल चेम्बर अफ कमर्सको आयोजना सञ्चालित एक्स्पोमा विभिन्न कम्पनीका गाडीहरूको अर्डर बढी भएको छ । एक्सपोमा निर्माण सामाग्रीका रुपमा रहेका भूकम्प प्रतिरोधात्मक सामग्रीको अर्डर एक्स्पोका संयोजक राष्टभूषण चाकुबजीले जानकारी दिए ।
एक्स्पोको ५० हजारभन्दा बढीले अवलोकन गरेको र रु पाँंच करोडभन्दा बढीको कारोबार भएको छ । एक्स्पोमा अटोमोबाइल, इलेक्टिकल एण्ड इलेक्टोनिक्स, फ्लोरिङ एण्ड फर्निसिङ, होम अप्लाइन्स, फेशन वेयर, मोबाइललगायतका २२५ स्टल राखिएका थिए ।
एक्सपोमा नेपालसहित कोरिया, थाइल्याण्ड, भारत, चीन, जापान, पाकिस्तान र बंगलादेश गरी आठवटा मुलुकहरूको सहभागिता थियो । चेम्बरले गरेको यो तेश्रो एक्स्पो हो । चेम्बरले प्रत्येक वर्ष यस्ता अन्तराष्ट्रिय एक्स्पो गर्दै आएको छ ।
यस पटकको एक्स्पोमा दक्षिण कोरियाले साझेदार मुलुकको हैसियतमा सहभागिता जनाएको थियो भने थाइल्याण्डले फोकस मुलुकका रुपमा सहभागिता जनाएको थियो ।
रासस