सोनकलि थारु
२८ जेठ सुनवल । ।सुनवल नगरपलिका र देबदह नगरपलिकामा रहेको महेन्द्र राजमार्गको छेउछाउमा रहेको बनक्षेत्र,कुल कुलेसो नदी चारैतिर फोहोर फयाक्ने गरेका छन । सुनवल र देबदह दुबै नगरबासहिरु बताबरणमैत्री, खुला दिसामुक्त बालमैत्री नगरपलिका सबै शब्दहरु प्रयोग गर्नेे गरेपनि कसैको त्याता ध्यान नगएको सुनवल ७ ज्यामिरेको नागरिक वडामंच पुर्ब संयोजक टिचन गुरुंगले बताउनुभएको छ ।पुर्ब पश्चिम राजमार्गमा बुटवल धागो कारखानादेखि सुनवल ज्यामिरे सडक छेउछाउ दुबै किनारा बन क्षेत्रमा फोहोरको रास थुप्रिदा पनि देशको प्रसासनिक निकाय सडक बिभाग,बन बिभाग , बजार ब्यावस्थापन समिति, फोहोर ब्यावस्थापन समिति सबै मौन भइ मुग्दर्शक भइ हेरिरहेको छ । नागरपलिका भित्रका , फोहोर ब्यावस्थापन समिति ,बजार ब्यावस्थापन समितिले फोहोर ब्यावस्थापन नगर्दा आन्तरिक तथा बाह्य पर्यटकलाइ हाम्रो पहिचानमा समेत असर पारेको छ । सुनवल ७ ज्यामिरेको नागरिक वडामंचले निगरानी र कारबाहीको प्रक्रिया अघि बढाएको छ । यसका लागि प्रभाबित ज्यामिरे सामुदायिक बन उपभोक्ता समुहले ज्यामिरे क्षेत्रको सडक बनक्षेत्रमा देवदह नगरपलिकाबाट फोहोर लिएर आउने रिक्सा ,साइकल, टिपर भ्यान, टेक्टरलाइ निगरानी गरी कारबाहीको प्रक्रिया सुरु गरेकोले यस बिषयमा सचेत नागरिकबाट सकारात्मा सहयोग पुरयाउन आग्रह पनि गरेका छन।