सोनकलि थारु
३० जेठ सुनवल नवलपरासी ।
नवलपरासीको सुनवल नगरपालिकामा सवारी दुर्घटनामा परी दुइ जनाको ज्यान गएको छ । सुनवल नगरपालिका वडा नम्बर ७ स्थीत महेन्द्र राजमार्गमा पश्चीमबाट पुर्वतर्फ आउदै गरेको लु ७ प २५३ को मोटरसाईकल ना ५ ख ११८१ नम्बरको ट्रकको पछाडी ठोक्कीदा दुइ जनाको ज्यान गएको हो । मृत्यु हुनेमा मोटर साइकल चालक नवलपरासी जिल्ला सुनवल नगरपालिका वडा नम्बर २ बस्ने अन्दाजी ४० वर्षीय पुरन थापा र सोही मोटर साइकल पछाडी सवार अन्दाजी ३२ वर्षीय प्रहरी जवान विक्रम तिवारी रहेका छन । घाइते अवस्थामा रहेका दुइजनाको देवदह मेडीकल कलेज रुपन्देहीमा उपचारको क्रममा आज विहान चार बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय सुनवलले जानकारी दीएको छ ।
यस्तै पुरन थापा नेपाली काग्रेसको तर्फबाट सुनवल नगरपालिका वडा नम्बर २को सदस्य पदका उम्मेदवार समेत रहेकोले उहाको शोकमा नेपाली काग्रेस सुनवलको प्रचारप्रसार समितिले घरदैलो ,मतदाता भेटघाट लगायातको सम्पुर्ण चुनाबी कार्यक्रम आज र भोलि २ दिनको लाागि स्थिगीत गरेको चुनाब प्रचारप्रसार समिति सुनवलले जनाएको छ ।