२५ मंसिर , काठमाडौँ – सामाजिक सञ्जालको बढ्दो प्रयोगले टेलिकम सेवा प्रदायक कम्पनीको आम्दानीमा ठूलो कमी आएको छ ।
टेलिकमले सेवा प्रदायक कम्पनीको आम्दानीको मुख्य स्रोतको रुपमा रहेको अन्तराष्ट्रिय कलमार्फत आम्दानीमा हुने गिरावटले टेलिफोन सेवा प्रदायक कम्पनीको आम्दानीमा २५ प्रतिशतसम्म कमी आएको टेलिफोन सेवा प्रदायक कम्पनीले जनाएका छन् ।
ओभर द टप (ओटीटी) अर्थात कुनै इन्टरनेट प्रोभाइडरअन्तर्गत रहेर प्रदान गर्ने एप भाइबर, स्काइप, ह्वाट्सएप, म्यासेन्जर आईएमओ लगायत सामाजिक सञ्जालको बढ्दो प्रयोगले टेलिकम सेवा प्रदायकको आम्दानीमा गिरावट हुन थालेको हो ।
यो खबर आजको अन्नपूर्ण पोस्टमा छ ।