२५ मंसिर , इनरुवा – प्रतिनिधिसभा सदस्यको सुनसरी क्षेत्र नं ४ मा लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की विजयी हुनुभएको छ ।
आज बिहान सार्वजनिक भएको मतपरिणामअनुसार उहाँले वाम गठबन्धनका तर्फबाट उम्मेदवार हुनुभएका रमेश श्रेष्ठलाई छ हजार ५९७ मतको अन्तरले पराजित गर्दै विजयी हुनुभएको हो । अर्थमन्त्रीसमेत रहेका कार्कीले ३२ हजार ३४७ मत पाउनुभएको छ । श्रेष्ठले २५ हजार ७५० मत पाउनुभयो ।