२५ मंसिर , काठमाडौँ – निर्वाचन आयोगले दिएको पछिल्लो जानकारी अनुसार समानुपातिकतर्फ मतगणना जारी रहँदा नेकपा एमाले र नेपाली काँग्रेसबीच कडा प्रतिस्पर्धा देखिएको छ । अघिल्लो निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको काँग्रेसलाई यसपटक समानुपातिकतर्फ पनि एमालेले पछाडि पारिरहेको छ ।
कूल एक करोड ५ लाख ८७ हजार ५ सय २१ मत खसेकोमा ९ लाख ५८ हजार ६१ मत गन्दा एमालेले सबैभन्दा बढी मत ल्याएको छ । नेपाली काँग्रेसले एमालेलाई पछ्याइरहेको छ । तेस्रो स्थानमा रहेको माओवादी रहेको छ । चौथो स्थानमा राजपा पार्टी आइपुगेको छ भने काठमाडौंको मतका कारण विवेकशील साझा पाँचौं स्थानमा उक्लिएको छ ।
नयाँ शक्ति राप्रपा र फोरमभन्दा पछाडि रहेको छ । रसुवामा बलियो देखिएको नयाँ शक्तिले अन्य जिल्लामा उल्लेख्य मत ल्याउन सकेको छैन ।