२५ मंसिर , काठमाडौँ – मन्त्रिपरिषद्को आज सिंहदरबारमा बसेको बैठकले दुईजना सहायक रथी दामोदर थापा र नवजितशम्शेर जबराको पदावधि थप गर्ने निर्णय गरेको छ ।
बैठकले प्राविधिक उपरथी योगेन्द्रबहादुर खाँडको पनि पदावधि थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सञ्चारकर्मीलाई जानकारी दिनुुभयो ।
उहाँले बैठकले केही विदेश भ्रमणहरुलाई अनुमोदनसमेत गरेको जानकारी दिनुभयो ।
रासस