२६ मंसिर , काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ३८ पैसा र विक्रिदर २७ रुपैयाँ ५४ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ २० पैसा र विक्रिदर २८ रुपैयाँ ३७ पैसा छ । युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ९६ पैसा र विक्रिदर २८ रुपैयाँ १२ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २५ रुपैयाँ १९ पैसा र विक्रिदर २५ रुपैयाँ ३४ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ४० पैसा र विक्रिदर ९ रुपैयाँ ४६ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ३९ रुपैयाँ ७९ पैसा छ भने विक्रिदर ३ सय ४१ रुपैयाँ ७७ पैसा रहेको छ ।
त्यस्तै एक बहराइन दिनारको खरिददर २ सय ७२ रुपैयाँ ३० पैसा र विक्रिदर २ सय ७३ रुपैयाँ ८९ पैसा रहेको छ । अमेरिकी डलर एकको खरिददर १ सय २ रुपैयाँ ६८ पैसा र विक्रिदर १ सय ३ रुपैयाँ २८ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।