२६ मंसिर , कैलाली – प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको जारी मतगणनामा नेकपा एमाले अग्र स्थानमा छ ।
निर्वाचन आयोगको मत परिणामअनुसार एमाले नौ लाख ३६ हजार ४ सय ४२ मतका साथ पहिलो स्थानमा छ । एमालेलाई पछ्याउँदै नेपाली काँग्रेसले नौ लाख ३६ हजार ४ सय ४२ मत ल्याई दोस्रो स्थान हासिल गरेको छ।
त्यस्तै नेकपा माओवादी केन्द्र तीन लाख ८५ हजार ४ सय ३४ मतसहित तेस्रो स्थानमा छ भने फोरम नेपालले ६४ हजार ९६ मत प्राप्त गरेको छ ।