२६ मंसिर , तनहुँ – तनहुँको भिमाद बजारमा विजय जुलुस मनाउने क्रममा एमाले कार्यकर्ताको आक्रमणमा परी दुईजना घाइते भएका छन् ।
घाइते हुनेमा राजु श्रेष्ठ र इलाका प्रहरी कार्यालय भिमादका प्रहरी हवल्दार प्रह्लाद गिरी रहेको सोही इलाकाका इन्चार्ज एवं प्रहरी नायब निरीक्षक लालबहादुर क्षेत्रीले बताए ।
सोमबार राति विजय जुलुस मनाउँदै गरेका एमालेका बुद्धि श्रेष्ठलगायतका कार्यकर्तासंग विवाद भएपछि उनीहरूमाथि आक्रमण गरेको बताइएको छ । आक्रमणबाट श्रेष्ठको शरीरमा गहिरो चोट लागेको र प्रहरी हवल्दार गिरीको बाया हातको बुढी औँला फ्याक्चर भएको छ ।
रासस