२७ मंसिर , काठमाडौँ – ओखलढुंगा कांग्रेसका उम्मेदवारले पार्टीका झन्डै दुई दर्जन कार्यकर्तालाई कारबाहीको सिफारिस गरेपछि खैलाबैला मच्चिएको छ ।
प्रतिनिधिसभाका उम्मेदवार रामहरि खतिवडा र गोमा केसी तथा पार्टी सभापतिसमेत रहेका प्रदेश सभाका उम्मेदवार प्रदीपकुमार सुनुवार र मित्रसेन दाहालले निर्वाचनमा असहयोग गरेको भन्दै २० जना कार्यकतालार्इ साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न माथिल्लाे निकायामा सिफारिस गरेका छन् ।
सूचीमा राखिएका मध्ये एकजना स्वतन्त्र उम्मेदवार ज्ञानेन्द्र रुम्दाली छन् भने अन्य १६ जना रुम्दालीका प्रस्तावक, समर्थक तथा उनको निर्वाचन प्रचारमा क्रियाशील कार्यकर्ता रहेकाे भनिएकाे छ ।
महासमिति सदस्य कुमार लुईंटेल र महाधिवेशन प्रतिनिधि लीलाबल्लभ दाहाल, टेकराज भट्टराईमाथि पनि अन्तर्घातको आरोप लागेपछि ओखलढुंगा कांग्रेसमा खैलाबैला मच्चिएको हो ।
अन्तर्घातकाे अाराेप लागेका दााहल, लुर्इंटेलले निर्वाचनअघि प्रतिनिधिसभा र प्रदेश सभाकाे उम्मेदवारीका लागि दावी गरेका थिए । साेही कारण अहिले उनीहरूलार्इ कारबाहीकाे सिफारिस भएकाे चर्चा अाेखलढुंगा कांग्रेसका नेताबीच चलिरहेकाे छ ।
यो खबर आजको नयाँ पत्रिकामा छ ।