सोनकलि थारु
३ असार सुनवल नवलपरासी ।
बिश्व खडेरी बिरुद्ध सँघर्षको दिवसको अवसर पारेर आज रामग्राम स्तुपमा बृक्षारोपण गरीएको छ । भोजपुरी सँचार मन्च नवलपरासीले आज बढ्दै गएको जलवायु परिवर्तनका कारण बाताबरणमा असन्तुलन देखिएकाले त्यस्को न्युनिकरणका लागि भन्दै आज बृक्षारोपण गरेको जनाएको छ । आज मँचका अध्यक्ष उमेश बिकको अध्यक्षतामा बसेको बैठकले वाताबरणीय सन्तुलनका लागि बृक्षारोपण गर्ने निर्णय भएअनुसार बृक्षारोपण गरीएको मँचका उपाध्यक्ष लक्ष्मी हरिजनले जानकारी दिनुभयो ।गौतम बुद्धको सिँगो अस्तुधातु भएकोे एक मात्र ऐतिहासिक स्थल नवलपरासीको रामग्राम नगरपालिकामा रहेको रामग्राम स्तुपमा आज निम , बेल, धुपि, पिपल, बकाईनो लगायतका १२ जातका ६० वटा बिरुवा रोपिएको हो । उक्त कार्यक्रममा कार्यक्रममा मंचका सल्लाहकार बेचु गौर,देशबन्धु यादब मंचका सम्पुर्ण सदस्य ,कार्यसमिति सदस्य लगायातको उपस्थिीती रहेको मँचले जनाएको छ । साथै मंचका अध्यक्ष उमेश कुमार बिकको अध्यक्षतामो पहिलो बैठक पनि सम्पन्न भएको छ । कार्यक्रममा मंचका सल्लाहकार बेचु गौर,देशबन्धु यादब मंचका सम्पुर्ण सदस्य ,कार्यसमिति सदस्य लगायातको उपस्थिीती रहेको थियो । कार्यक्रममा बोल्दै मंचका सल्लाहकार बेचु गौरले अगामि दिनहरुमा पनि भोजपुरी भाषा,भोजपुरी सस्कृतिको उत्थान ,जर्गेना , सामाजिक कार्यलाई तिब्रता दिने लगायात सामाजिक सचेतनाका कार्यक्रमहरुलाइ निरन्तरता दिने बताउनुभएको छ ।