२९ मंसिर , काठमाडौँ – विगतका चुनावी नतिजा पूर्ण रुपमा सार्वजनिक हुन नपाउँदै निर्वाचनको स्वागत गर्ने भारतले उसपटक केही दिन ढिलो मात्रै चुनावको स्वागत गरेको छ ।
प्रतिनिधिसभाका सबै स्थानको निर्वाचन परिणाम सार्वजनिक भएको एक दिनपछि भारतले आफ्नो धारणा सार्वजनिक गरेको हो ।
निर्वाचनको स्वागत गर्दै भारतले नयाँ सरकारसँग काम गर्न सरकार आतुर रहेको जनाएको छ ।
भारतको विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले भने,
-नेपालमा शान्ति, स्थिरता र आर्थिक सम्वृद्धि होस् भन्ने हाम्रो चाहना छ ।
-लोकतान्त्रिक प्रक्रियाबाट आउने नयाँ सरकारसँग मिलेर काम गर्न भारत आतुर छ ।
-दुवै मुलुकबीच बर्षौ पुरानो घनिष्ठ सम्बन्ध रहेको छ ।
-नेपालको आर्थिक सम्वृद्धि र नेपाल भारत सम्बन्धका सबै पक्षमा सहयोग गर्न भारत तयार छ ।
यो खबर आजको नेपाल समाचारपत्रमा छ ।