०३ पौष ,इलाम – ९० लाख लुट्ने गिरोह पक्राउ गरेकाे छ । बल्ने ढुङ्गा बिक्री गर्न भन्दै ठगिएको ठूलो रकमसहित पाँचजनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय इलामले हिजो आइतबार सार्वजनिक गरेको हो ।
बल्ने ढुङ्गा वैधानिकरुपमा अमेरिकामा बिक्री हुने भन्दै व्यवसायीबाट ९० लाख १० हजार रूपैयाँ ठगेकाे थियाे । प्रहरीले गिराेहका सदस्यकाे साथबाट तीन थान पेस्तोल र त्यसमा प्रयोग हुने ७ राउन्ड गोली पनि बरामत गरेका छन् ।
पक्राउमा पाँचथर फाल्गुनन्द गाउँपालिका–१ का ३२ वर्षीय राजबहादुर तामाङ्ग, सोही गाउँपालिका– ४ का ४४ वर्षीय रुद्रकुमार नेम्वाङ्ग, वडा नं ६ का ६० वर्षीय योगेन्द्रप्रसाद आङ्देम्बे पक्राउ परे । भने, फिदिम नगरपालिका–१० याङ्नामका ३३ वर्षीय भय विक, फालेलुङ गाउँपालिका वडा नम्बर–८ का ५४ वर्षीय महेन्द्रकुमार दर्जीलाई पनि प्रहरीले पक्राउ गरी सार्वजनिक गर्यो ।
मुख्य योजनाकार राजबहादुर तामाङले आफूसँग बल्नेढुङ्गा रहेको र त्यसलाई विदेशसमा पुर्याए अर्बौमा विक्री हुने भन्दै व्यवसायीलाई प्रलोभन देखाएर व्यवसायीलाई चार करोडमा सो ढुङ्गा किन्न राजी पनि बनाएका थिए ।
यो खबर आजको नयाँ पत्रिकामा छ ।