०४ पौष , सप्तरी – सप्तरी तिलाठी ७० बर्षीय योगेन्द्र झा भुमिगतकालदेखि नै नेपाली कांग्रेससंसग आवद्ध रहेका छन् ।पञ्चायतविरोधी आन्दोलनका कारण जेलसमेत परेका झा कांग्रेसले विकासको नाममा तराइ मधेसलार्ई सधैँ झुटो आश्वासनमात्रै बाँड्ने गरेको निष्कर्ष निकाली २०६२, ६३ को राजनीतिक परिवर्तनपछि मधेसवादी विचारधारातर्फ आकर्षित भए ।
राजनीतिक यधपि नेताको सत्तास्वार्थ र पदलोलुप रबैयाले मधेसवादी दलसंग पनि उनी सन्तुष्टि देखिँदैनन् ।अधिकार पहिचान, प्रतिनिधिध्वलगायतका नामममा मधेसवादी दलले समेत तराई मधेसलाई विकास र समृद्धिको बाटोमा लान नसकेको उनको बुझाई छ ।अवको राजनीतिक केन्द्रविन्दु भनेको विकासलाई प्राथमिकता हो, विकास गर्नुस्, मधेस समृद्ध हुन्छ, मधेस समृद्ध भयो भने सिंगो मधेस तपाईकै अजेन्डा र सिद्धान्तलाई स्विकार्छ ।
मधेस विकसित भए राजनीतिक अधिकारको आन्दोलन आफै सफल हुन्छ ।
यो खबर आजको नागरिकमा छ ।