०४ पौष , काठमाडौँ – एभरेष्ट प्रिमियर लिग (इपिएल) मा पोखरा राइनोजले चितवन टाइगर्सलाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय खेल मैदानमा आज भएको खेलमा पोखराले चितवनलाई १० विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित हासिल गरेको हो ।
पोखराको जितमा पाकिस्तानी खेलाडी इस्रारुल्लाहले सर्वाधिक ६१ रनको योगदान दिए । उनले ५२ बल खेल्दै ६ छक्का र एक चौका हाने । सुनिल धमलाले अविजित ४६ रन जोडे ।
त्यसअघि टस हारेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ११३ रन बनायो । जवाफी ब्याटिङमा उत्रेको पोखराले १७।२ ओभरमा लक्ष्य पूरा गर्यो । चितवनका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४२ तथा अनिल मण्डलले ३२ रन बनाए ।
बलिङतर्फ पोखराका इस्रारुल्लाहले चार तथा ताज वालीले तीन विकेट लिए भने कप्तान शक्ति गौचन र विक्रम सोबले एक/एक विकेट लिए ।
रासस