०५ पौष , काठमाडौँ – सवारी साधन प्रवेश निषेध गरिएको वसन्तपुर–हनुमानढोका दरबार क्षेत्रमा सवारी साधनको अनियन्त्रित पार्किङ गर्न थालेका छन् । हनुमानढोका दरबार क्षेत्रमा सरकारले सवारी प्रवेश निषेध गरे पनि आजभोली खुलेआम पार्किङ गर्न थालेको हो ।
भुकम्ले भत्काएपछि पुन निमार्ण हुदै गरेको बसन्तपुर दरवार क्षेत्रमा पुनःनिर्माणको बहाना पारेर परिसरभित्रका सुरक्षा निकाय, कर्मचारी र स्थानीयवासीका सवारी साधन परिसरभित्र राख्ने गरेका छन् ।
पुनःनिर्माणको बहाना पारेर अहिले परिसरभित्रका सुरक्षा निकाय, कर्मचारी र स्थानीयवासीका सवारी साधन परिसरभित्र राख्ने गरेको देखिन्छ ।
वसन्तपुर दरबार परिसरमा राशन, पानी, सामानका सवारी साधन लैजानका लागि सरकारले बेलुका ८ देखि बिहान ८ बजेसम्मको समय तोकेको छ, तर आजभोलि त्यस क्षेत्रमा दिउँसै सवारी साधन दौडिरहेको पाइन्छ ।
यो खबर आजको गोरखापत्रमा छ ।