०६ पौष , काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ २७ पैसा र विक्रिदर २७ रुपैयाँ ४३ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ०९ पैसा र विक्रिदर २८ रुपैयाँ २६ पैसा छ । युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ८५ पैसा र विक्रिदर २८ रुपैयाँ ०१ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २५ रुपैयाँ ११ पैसा र विक्रिदर २५ रुपैयाँ २५ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ४६ पैसा र विक्रिदर ९ रुपैयाँ ५१ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ३८ रुपैयाँ ६९ पैसा छ भने विक्रिदर ३ सय ४० रुपैयाँ ६८ पैसा रहेको छ ।
त्यस्तै एक बहराइन दिनारको खरिददर २ सय ७१ रुपैयाँ ३१ पैसा र विक्रिदर २ सय ७२ रुपैयाँ ९० पैसा रहेको छ । अमेरिकी डलर एकको खरिददर १ सय २ रुपैयाँ २८ पैसा र विक्रिदर १ सय २ रुपैयाँ ८८ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।