०६ पौष , काठमाडौँ – मलेशियामा सुरक्षाकर्मीका रुपमा कार्यरत इलामका भीमबहादुर नेपालीमाथि एक वर्षदेखि लागेको गम्भीर मुद्दा असत्य साबित भएको छ । त्यहाँको अदालतले लागुपदार्थसम्बन्धी मुद्दामा उनलाई निर्दोष ठहर गरेको क्वाललाम्पूरस्थित नेपाली राजदूतावासले जनाएको छ ।
मलेशियामा लागुऔषध मुद्दामा मृत्युदण्ड हुने कानुनी प्रावधान छ । नेपाल सरकारको खर्चमा उक्त दूतावासले कानून व्यवसायीसँग निरन्तर समन्वय एवं परामर्श गरी नेपालीको पक्षमा अदालतमा लडेको थियो । दूतावासले उनलाई मृत्युको मुखबाटै बचाउन सफल भएको थियो ।
उनी हिजै नेपाल फर्किएको उक्त दूतावासले जनाएको छ । नेपाल सरकारको खर्चमा उनी स्वदेश फर्किएका हुन् । हिजै सिरहाका किसुनदेव महतो पनि नेपाल सरकारकै खर्चमा स्वदेश फर्किएका छन् । विगत २ वर्षदेखि उनी मलेशियाको घर फिर्ती केन्द्रमा बिना रोजगारी बस्न बाध्य भएका थिए ।
रासस