१० पौष , कञ्चनपुर – जंगली हात्तीले दुख दिन थालेपछि मौरीपालन गनै थालेको छ , हात्तील खेतबारी लगाएको अन्न खाइदिने, घर भत्काई अन्न, लत्ताकपडा, भाँडाकुँडा सबैमा नोक्सानी गरेर बिचल्ली पार्ने गरेकाले बैकल्पिक उपायस्वरुप मौरीपालन व्यावसाय उपयुक्त हुने देखिएको हो ।
बाटोमा हिँडिरहेको बटुवालाई समेत हात्तीले फेला पारी ज्यान लिने गरेको छ । हात्तीको उपद्रो रोक्नका लागि यहाँका किसानले रातिका बेला पटाका फोड्ने, बन्दुक पड्काउने, राँको बाल्ने, ट्र्याक्टरको ठुलो आवाज निकाल्ने, साइरन बजाउने, विद्युत्को मद्दतले उज्यालो पार्ने, टर्चलाइट बाल्ने, टिन ठटाउने र होहल्ला गर्दा पनि हात्तीको झुण्डले बस्तीमा छिरेर उद्दण्ड मच्चाउन छाडेको छैन ।
यसबाट छुट्कारा पाउन विज्ञको सुझाव बमोजिम हात्ती बस्ती छिर्ने क्षेत्रमा मौरीका घार राख्न सुुझाव दिन थालिएको हो ।
जंगली हात्ती भगाउने अर्को जैविक विधिका रुपमा खुर्सानीको धुलो पनि प्रयोग पनि गरिँदै आएको छ । बस्तीमा जंगली हात्ती प्रवेश गरी बालीनालीमा नोक्सानी पु¥याउने क्षेत्रमा स्थानीय बासिन्दाले खुर्सानीको धुलोको सहायताले हात्ती भगाउने जुक्ति निकालेका थिए ।
यो खबर आजको गोरखापत्रमा छ ।