१० पौष , काठमाडौँ – मुलुकमा अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको रेमिट्यान्सको आय घटेको छ । चालू आर्थिक वर्षको पहिलो चार महिनामा नेपालमा दुई खर्ब २८ अर्ब ९४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
यो अघिल्लो आवको सोही अवधिको तुलनामा १।४ प्रतिशतले कम हो । विदेशमा जाने नेपाली कामदारको संख्या घट्दै गएपछि रेमिट्यान्स आयमा गिरावट आउन थालेको हो ।
कामका लागि विदेश जानेको संख्या १ प्रतिशतले घटेको छ । ‘तीन वर्षयता कामका लागि बिदेसिने नेपालीको संख्या लगातार घट्दै आएको छ, त्यसले अहिले रेमिट्यान्स आय घट्न थालेको हो ।
यो खबर आजको नयाँ पत्रिकामा छ ।