७ असार नवलपरासी सुनवल ।
घरदैलो कार्यक्रम अन्तरर्गत आज नेकपा एमाले सुनवलले ७ र ८ न वडामा प्रचार प्रसार लाई ब्यापक वनाएको छ । घरदैलो कार्यक्रमलाई तिव्रता दिएको एमाले प्रति पनि जनताको साथ उत्साहाजनक रुपमा दिन प्रतिदिन वढ्दै गइरहेको छ । आज सुनवल नगरपालिका को वडा न ७ र ८ मा ब्यापक जनसहभागिताका साथ प्रचार प्रसार भएको छ । मेयर उम्मेदवार विमला अर्याल, उपमेयर उम्मेदवार ददिराम अर्याल, वडा अध्यक्षका उम्मेदवार साथै सस्यद उम्मेदवार , जिल्ला स्तरीय नेता, कार्यकता, र शुभचिन्तकहरुको वाक्लो उपस्थीतिमा घरदौलो कर्याक्रम भएको हो ।
त्यस्तै सुनवल नगरपालिकामा एमालेको जित शुनिश्चित गर्नको लागी सुनवल वडा न ११,१२ र १३ मा महिला परिचालन समितिकि संयोजक तारा अर्चायको नेतृत्वमा महिला परिचालन समिति वडा संयोजकहरु लगाएत सम्पुर्ण टोल संयोजकका साथै अन्य आमा दिदि वहिनीहरु संग वृहत छलफल भएको छ ।