२२ पौष , काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २६ रुपैयाँ ९६ पैसा र विक्रिदर २७ रुपैयाँ १२ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २७ रुपैयाँ ७६ पैसा र विक्रिदर २७ रुपैयाँ ९३ पैसा छ । युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ५२ पैसा र विक्रिदर २७ रुपैयाँ ६९ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २५ रुपैयाँ २९ पैसा र विक्रिदर २५ रुपैयाँ ४४ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५१ पैसा र विक्रिदर ९ रुपैयाँ ५७ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ३५ रुपैयाँ ३० पैसा छ भने विक्रिदर ३ सय ३७ रुपैयाँ २९ पैसा रहेको छ ।
त्यस्तै एक बहराइन दिनारको खरिददर २ सय ६८ रुपैयाँ १५ पैसा र विक्रिदर २ सय ६९ रुपैयाँ ७४ पैसा रहेको छ । अमेरिकी डलर एकको खरिददर १ सय १ रुपैयाँ ०९ पैसा र विक्रिदर १ सय १ रुपैयाँ ६९ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।