२२ पौष , काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आगामी पुस २६ गते बुधबार बैंकक जाने भएका छन् । नियमित स्वास्थ्य परीक्षणका लागि ओली बैंकक जाने भएको हो ।
मृगौला प्रत्यारोपणपछि बैंककमा नियमित स्वास्थ्य परीक्षण गराउँदै आएका ओलीलाई चिकित्सकले दिएको तालिका अनुसार यसअघि नै जानुपर्ने थियो ।
चुनावका कारण जान नसकेका एमाले स्रोतले जनाएको छ । चुनावको बेला सर्वाधिक व्यस्त बनेका नेता ओली चुनावपछि पनि सक्रिय थिए । केही दिनयता उनी निवासमै आराम गरिरहेका छन् ।
यो खबर आजको अन्नपूर्ण पोस्टमा छ ।