८ असार सुनवल नवलपरासी ।
प्रचार प्रसार अभियानलाई तिव्र वनाइरहेको नेकपा एमाले सुनवलले आज सुनवल नगरपालिकाको वडा न ११ मा घरदैलो कार्यक्रम गरेको छ । सुनवल नगरपालका वडा न ११ को धुरकोट, जर्गाह , मिस्रौउली लागाएत वडा सवै ठाँउमा घरदैलो कार्यक्रम गरेको हो । नेकपा एमालेको तर्फवाट महिला मेयर उम्मेदवार विमला अर्याल, उपमेयर उम्मेदवार ददिराम अर्याल, वडा अध्यक्ष उम्मेदवार सरस्वती सुवेदी साथै वडा सदस्यका उम्मेदवारका साथमा केन्द्रीय सदस्यहरु वैजनाथ चौधरी, तिलक महत साथै जिल्ला सह संयोजक थान प्रसाद गैरे, लगाएत जिल्ला स्तरीय नेता कर्याक्रता र एमाले समर्थकको उल्लेख्य उपस्थीतिमा घर दैलो कार्यक्रम भएको हो ।
घरदैलो कार्यक्रम पश्चात कोण सभा मा परिणत भएको सभालाई सम्वोद्धन गर्दै एमाले केन्दीय सदस्य द्धोय वैजनाथ चौधरी र तिलक महतले राष्ट्रियता र स्वाधिनताका सवालमा नेकपा एमाले कुनै पनि शक्तिका सामु नझुक्ने भन्दै नेकपा एमालेलाई सम्पुर्ण नेपालिको साथ रहेको वताउदै नेकपा एमाले सुनवलको सम्पुर्ण प्यानललाई नै जिताई समृद्ध सुनवल वनाउनका निम्ती सहयोग गर्न सम्पुर्ण सुनवल वासिलाई आग्रह गर्नुभएको थियो । त्यस्तै सुनवल नगरपालिकाको वडा न १ मा वडा अध्यक्षका उम्मेदवार, सदस्य उम्मेदवार का सथौ नेता कार्यक्रताहरुले घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन् । यसैविच आजै विहान सुनवल जेसीस र रामग्राम जेसीसले संयुक्त रुपमा राखेको ककस कार्यक्रममा मेयर उम्मेदवार विमला अर्यालले आफ्ना एजेण्डाहरु प्रस्तुत गर्नुभएको थियो ।