फागुन १, काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ४ पैसा र विक्रिदर २७ रुपैयाँ ५६ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ २१ पैसा र विक्रिदर २८ रुपैयाँ ३८ पैसा छ । युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ९७ पैसा र विक्रिदर २८ रुपैयाँ १४ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ०८ पैसा र विक्रिदर २६ रुपैयाँ २४ पैसा रहेको छ ।
कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ४६ पैसा र विक्रिदर ९ रुपैयाँ ५२ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ४२ रुपैयाँ १९ पैसा छ भने विक्रिदर ३ सय ४४ रुपैयाँ १९ पैसा रहेको छ । त्यस्तै एक बहराइन दिनारको खरिददर २ सय ७२ रुपैयाँ ५३ पैसा र विक्रिदर २ सय ७४ रुपैयाँ १२ पैसा रहेको छ । अमेरिकी डलर एकको खरिददर १ सय २ रुपैयाँ ७४ पैसा र विक्रिदर १ सय ३ रुपैयाँ ३४ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।