द्वन्द् निर्देशक राजेन्द्र खड्गी मानव बेचबिखन आरोपमा पक्राउ परेका छन । उनलाई प्रहरीले गत बिहिवार परेको उजुरीका आधारमा छानविनका लागि पक्राउ गरेको हो । खड्गी अहिले हिरासतमा छन । प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले उनलाई ठमेलबाट पक्राउ गरेको हो । सिआईबो प्रभाक्ता जीवन श्रेष्ठका अनुसार खड्गीलाई पाँच दिनका लागि हिरासतमा लिईेएको हो ।
साँस्कृतिक कार्यक्रम र डकुमेन्ट्री खिच्न भन्दै ११ जनालाई दक्षिण कोरियामा लगेर छाडेको भन्दै उनीविरुद्ध उजुरी परेको थियो । प्रहरीका अनुसार खड्गीले प्रत्येकबाट १० लाखभन्दा बढी असुलेका छन ।
खड्गीलाई यस्अघी अमेरिका र युरोप लैजान्छु भनेर युवाहरु ठगी गरेको आरोप समेत लागेको थियो ।
यो समाचार मेरो सिनेमाबाट लिईएको हो ।